पानी परेपछि गोठ भत्किँदा रेश्मीको मृत्यु, चौपायासमेत मरे
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३२ बिहिबार
403
Shares
वालिङ । स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ । भैँसी तथा बङ्गुरलाई कुडोपानी दिने क्रममा आज बिहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए ।
गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए ।