arrow

चौतर्फी आलोचनापछि दशरथ रंगशालामा थालियो घाँस काट्न [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
dasharath-stadium-83-3-30yyy (6).jpg

काठमाडौँ । लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा उम्रिएको घाँस काट्न थालिएको छ । चौतर्फी दबाब भएसँगै राष्ट्रिय खेलकुद परिषद् राखेप जोडिएको रंगशालामा घाँस काट्न थालिएको हो । 

लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको र नियमित मर्मत–सम्भार तथा सरसफाइ पनि हुन नसक्दा रंगशालाको अवस्था अस्तव्यस्त देखिएको थियो। वर्षायाम शुरू भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो। 

हाल मैदानमा घाँस काट्ने र सरसफाइ गर्ने कार्य भइरहेको छ। मैदानलाई पुनः खेल सञ्चालनयोग्य बनाउन आवश्यक मर्मत तथा व्यवस्थापनका अन्य काम पनि अघि बढाइएको छ ।

दशरथ रंगशाला नेपालकै प्रमुख अन्तर्राष्ट्रिय खेलस्थल हो । यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलसहित विभिन्न खेल प्रतियोगिता सञ्चालन हुँदै आएका छन्। तर पछिल्लो समय नियमित खेल गतिविधि नहुँदा मैदानको संरक्षण र व्यवस्थापनप्रति प्रश्न उठ्दै आएको छ ।
 

dasharath-stadium-83-3-30yyy (2).jpg
dasharath-stadium-83-3-30yyy (3).jpg
dasharath-stadium-83-3-30yyy (4).jpg
dasharath-stadium-83-3-30yyy (5).jpg
dasharath-stadium-83-3-30yyy (6).jpg
dasharath-stadium-83-3-30yyy (7).jpg
dasharath-stadium-83-3-30yyy (8).jpg
dasharath-stadium-83-3-30yyy (9).jpg
dasharath-stadium-83-3-30yyy (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ