हर्मुजको जलमार्गमा जहाजलाई लक्षित गर्ने कार्य बन्द गर्न भारतको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
290
Shares
तस्बिर : रणधीर जैसवाल, प्रवक्ता, भारतीय विदेश मन्त्रालय ।
नयाँदिल्ली । भारतले इरानस्थित हर्मुजको जलमार्गमा दुई व्यापारिक जहाजहरूमा भएको आक्रमणप्रति कडा प्रतिक्रिया जनाएको छ । विदेश मन्त्रालयले नयाँ दिल्लीस्थित इरानी दूतावासका उपप्रमुख नियोगलाई बोलाएर कडा विरोध जनाएको हो ।
मन्त्रालयले आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा यस्ता आक्रमणहरू तुरुन्तै बन्द गर्नुपर्ने बताएको छ। विदेश मन्त्रालयका अनुसार आक्रमण गरिएका दुई जहाजहरूमा कूल ३० भारतीय नाविकहरू सवार थिए ।
एक भारतीयको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । भारतले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
भारतले पश्चिम एसियामा बढ्दो तनाव चिन्ताको विषय भएको बताएको छ । सबै पक्षहरूलाई हिंसा बन्द गर्न र संवाद र कूटनीति अपनाउन भारतले अपील गरेको छ।
विदेश मन्त्रालयले हर्मुज जलमार्ग जस्ता अन्तर्राष्ट्रिय समुद्री मार्गहरू मार्फत सुरक्षित नेभिगेसन र व्यापारलाई कुनै पनि हालतमा सुनिश्चित गर्नुपर्ने बताएको छ।