arrow

हर्मुजको जलमार्गमा ढुवानी लगभग ठप्प 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
hormuz-2026-ship.jpg

तेलअभिभ । इरानस्थित हर्मुजको जलमार्गमा ढुवानी लगभग ठप्प भएको छ । दैनिक केवल १० वटा जहाजहरू मात्र गुज्रिरहेका छन् ।

सोमबार केवल १० वटा जहाजहरू हर्मुजको जलमार्गबाट गुज्रिएका थिए । जुन एक महिनाभन्दा बढी समयको सबैभन्दा कम स्तर हो । 

समुद्री डेटा कम्पनी केप्लरका अनुसार युद्ध शुरू हुनुभन्दा पहिले दैनिक १३० भन्दा बढी जहाजहरू यस मार्गबाट ​​पारगमन गर्थे ।

विश्वको सबैभन्दा ठूलो ढुवानी समूह, बिमकोका प्रमुख सुरक्षा अधिकारी ज्याकब लार्सनले हालको अवस्थाले जहाज मालिकहरूका लागि हर्मुजको जलमार्गबाट पारगमनलाई जोखिमपूर्ण बनाएको बताए । 

"जोखिम धेरै ठूलो छ। त्यसैले धेरै जहाज मालिकहरूले केही समय पर्खनु नै उत्तम हुनेछ," उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ