arrow

गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २९ सोमबार
nagarikta-ganesh-nepali-ss.jpg

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन्। लामो समयदेखि नागरिकता प्राप्तिमा भोग्दै आएको कानुनी अड्चनलाई फुकाउँदै गृहमन्त्री गुरुङले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नागरिकता प्रदान गरेका हुन्।

गणेश नेपालीको दुःखद निधनपछि उनको परिवारले नागरिकता नहुँदा थप कानुनी र व्यावहारिक झमेला बेहोर्नु परिरहेको थियो। सोही समस्या समाधानका लागि गृह मन्त्रालयले विशेष तोक आदेशसहित आवश्यक कानुनी सहजीकरणको पहल गरेको थियो।

नागरिकता हस्तान्तरण गर्दै गृहमन्त्री गुरुङले ढिलै भए पनि पीडित परिवारको गुनासो सम्बोधन गर्न पाएको उल्लेख गर्दै संकटको घडीमा राज्यका तर्फबाट हुनुपर्ने आवश्यक सबै सहयोग र सहजीकरण जारी रहने प्रतिबद्धता व्यक्त गरे। नागरिकता पाएसँगै मृतक नेपालीको परिवारलाई राज्यबाट प्राप्त हुने राहत तथा अन्य कानुनी प्रक्रिया अगाडि बढाउन सहज हुने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ