arrow

कर्णाली राजमार्ग अवरुद्ध, कालीकोटको गगनेखोलामा पहिरो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २७ शनिबार
kalikot-district.png
तस्बिर : फाइल

जुम्ला । कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 
    
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिए । 

कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहान ३ बजेदेखि काम भइरहेको छ । यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको उनको भनाइ छ । 
    
कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ