arrow

प्रतिनिधि सभामा प्रतिवेदन र विधेयक पेस गरिँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठक अहिले सिंहदरबारमा जारी रहेको छ। आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दुईवटा महत्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची रहेको छ । 

जसमा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’ रहेका छन्।

यसैगरी बैठकमा कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई समेत सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। संसद् सचिवालयले तय गरेको कार्यसूची अनुसार आजै मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत गर्नेछिन्।

बैठकमा अन्य समसामयिक विषय र शून्य समयमा सांसदहरूले उठाउने प्रश्नहरूमाथि पनि छलफल हुने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ