तरकारी र फलफूलको मूल्य: च्याउ एक हजारसम्म, आलु र प्याज स्थिर
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
312
Shares
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। वर्षातको समयमा बजारमा तरकारीको आपूर्ति सामान्य रहे पनि केही रैथाने तथा विशिष्ट प्रजातिका च्याउ र आयातित फलफूलको मूल्य भने उच्च देखिएको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो रु ५०, लोकल सानो गोलभेँडा प्रतिकिलो रु १७ र टनेलको सानो गोलभेँडा प्रतिकिलो रु ३० कायम भएको छ। यस्तै, लाम्चो रातो आलु प्रतिकिलो रु ४२, गोलो र मुढे रातो आलु प्रतिकिलो रु ४०, भारतीय रातो आलु प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकिलो रु ३० तथा सुकेको भारतीय प्याज प्रतिकिलो रु ५५ मा बिक्री भइरहेको छ।
स्थानीय काउली प्रतिकिलो रु ४०, लोकल बन्दा रु ५०, लोकल गाजर रु १००, तराईको गाजर रु ९० र इस्कुस प्रतिकिलो रु ५० तोकिएको छ। यस्तै, बोडी तने रु ४०, घिउ सिमी (लोकल) रु ४०, तीते करेला र लौका समान रु ३५, भिन्डी रु ३५, सखरखण्ड रु १२० र पिँडालु प्रतिकिलो रु १०० कायम गरिएको छ।
सागपाततर्फ रायोको साग प्रतिकिलो रु ४०, पालुङ्गो र तोरीको साग समान रु ६० तथा हरियो धनियाँ प्रतिकिलो रु ८० मा कारोबार भइरहेको छ।
बजारमा सिताके च्याउको मूल्य सबैभन्दा उच्च अर्थात् प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ। यसैगरी डल्ले च्याउ प्रतिकिलो रु ४५०, राजा च्याउ रु ३०० र कन्य च्याउ रु २८० मा बिक्री भइरहेको छ। विशिष्ट खाद्यान्न अन्तर्गत कुरिलो प्रतिकिलो रु ३००, सजीवन रु २५० र पार्सले प्रतिकिलो रु ३५० तोकिएको छ।
फलफूलतर्फ अनार प्रतिकिलो रु ५००, फुजी स्याउ रु ३०० र मालदह आँप प्रतिकिलो रु १६० कायम भएको छ। नेपाली केरा प्रतिदर्जन रु २५० र मालभोग केरा प्रतिदर्जन रु २०० मा उपलब्ध छ। कागती प्रतिकिलो रु १७० र लोकल लिची रु ३०० मा बिक्री भइरहेको छ।
मसाला र माछातर्फ अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी रु ५००, अकबरे खुर्सानी रु २५० र सुकेको नेपाली लसुन प्रतिकिलो रु २०० मा कारोबार भइरहेको छ। ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, बचुवा र छडी माछा समान रु ३०० तथा सुकेको माछा प्रतिकिलो रु १,००० निर्धारण गरिएको समितिले जनाएको छ।