राष्ट्र बैङ्कले गरेको ऋणपत्रको बोलकबोलमा कस्ता संस्थाले पाउँछन् भाग लिन ?
हाम्रा कुरा
प्रकाशित २०८३ असार २४ बुधबार
239
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र (ऋणपत्र २०८४ ‘च’) को बोलकबोलका लागि आह्वान गरेको छ।
केन्द्रीय बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै उक्त ऋणपत्रको बोलकबोल अनलाइनमार्फत गर्न सकिने जनाएको हो।
यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमा सहभागी हुन चाहने काउन्टरपार्टीले आफूले कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अङ्कसम्म) प्रस्ट रूपमा उल्लेख गर्नुपर्ने सूचनामा जनाइएको छ।
न्यूनतम र अधिकतम सीमा
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकम (२० अर्ब रुपैयाँ) सम्मका लागि बोलकबोल पेस गर्न सक्नेछन्।