arrow

देउवापुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको अल्टिमेटम

सात दिनभित्र हाजिर हुन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
jaiveer-deuba.jpg

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवालाई अल्टिमेटम दिएको छ । 

विभागले देउवा पुत्र ३१ वर्षीय जयवीरमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) को कसुरमा विस्तृत अनुसन्धान शुरू गर्दै बयानका लागि सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो।

विभागले सो सम्बन्धमा बुझ्नका लागि बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको कार्यालयमा हाजिर हुन म्याद दिएको छ।

विवादास्पद व्यवसायी दीपक भट्ट र हाल पुर्पक्षका लागि थुनामा रहेका सुलभ अग्रवालसँगको व्यावसायिक साझेदारी, वैदेशिक लगानी तथा केही कम्पनीहरूमा देखिएको स्रोत नखुलेको शङ्कास्पद धनबारे विभागले लामो समयदेखि सूक्ष्म अनुसन्धान गरिरहेको थियो।

यसअघि पनि सम्पर्क गर्ने प्रयास गर्दा जयवीर मुलुक बाहिर रहेको र सम्पर्कमा नआएका कारण विभागले बुढानीलकण्ठस्थित देउवा निवासको परिसरमा समेत यो पत्र टाँस गरेको छ।

तोकिएको म्यादभित्र उपस्थित नभएमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र प्रचलित कानून बमोजिम कडा कानूनी प्रक्रिया अगाडि बढाइने चेतावनी विभागले दिएको छ। 

अनुसन्धान अधिकृतले बयानका लागि बोलाउँदा उपस्थित नहुनुलाई अनुसन्धानमा असहयोग गरेको मानिने कानूनी प्रावधान छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ