arrow

तुलसी सहकारीका तीन सय ७७ ऋणीको नामावली सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
sahakari-samiti.jpg

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिले संस्थामा उपलब्ध ऋण विवरण र कागजातका आधारमा यो नामावली सार्वजनिक गरिएको जनाएको हो। यस प्रक्रियामा साविकमै आफ्नो ऋण चुक्ता गरिसकेका तर प्राविधिक वा अन्य कारणले नामावलीमा नाम समावेश हुन पुगेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित तत्काल कार्यालयमा उपस्थित हुन समेत आग्रह गरिएको छ।

त्यस्तै, संस्थाबाट ऋण लिएर तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र सम्पूर्ण सावाँ-ब्याज चुक्ता गर्न सूचित गरिएको छ। तोकिएको समयभित्र ऋण बुझाउन नआएमा प्रचलित कानुनअनुसार कडा असुली प्रक्रिया (जस्तै: बैंक खाता तथा सम्पत्ति रोक्का) अघि बढाइने समितिले चेतावनी दिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको अपचलन भएको रकम फिर्ता गराउने तथा पीडित बचतकर्ताहरूको हित र निक्षेप संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरी असुली प्रक्रियालाई तीव्रता दिएको स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ