arrow

तोलामा नौ सय घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २२ सोमबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा नौ सय र चाँदीको २५ रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८९ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँ रहेको थियो।

यता, आइतबार प्रतितोला चार हजार छ सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ चार हजार पाँच सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ