arrow

बाह्र टिम विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा, चार बाँकी, यस्तो छ तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
wcf-2026-cristiano-ronaldo-scored.jpg
तस्बिर : पोर्चुिगच खेलाडी क्रिटियानो रोनाल्डो ।

काठमाडौँ । अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबलमा अहिलेसम्म १२ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

पहिलो पटक ४८ टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह चरणबाट १६ टिम बाहिरिएका थिए । समूहको पुछारमा रहने टिम र उत्कृष्ट आठभित्र पर्न नसक्ने तेस्रो स्थान ओगटेका चार टिम पहिलो चरणबाटै बाहिरिएका थिए । 

३२ टिम नकआउट चरणमा प्रवेश गरेकामा यो चरणबाट १६ टिम बाहिरिन्छन् । अहिलेसम्म भएका १२ खेलबाट १२ टिम बाहिरिएका छन् भने १२ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन र पोर्चुगल प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो । 

पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो । 

त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो । 

फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो । 

मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले हरायो । 

त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो । 

त्यस्तै स्पेनले अष्ट्रियालाई ३–० ले हरायो । पोर्चुगलले क्रोएसियालाई २–१ ले हरायो । 

चार खेल खेल्न बाँकी 
अब चार खेल खेल्न बाँकी रहेको छ । अन्तिम ३२ का चार खेल खेलिएपछि प्रिक्वार्टरफाइनल समीकरण पूरा हुनेछ । 

शुक्रबार बिहान ८ः४५ बजे स्वीट्जरल्याण्ड र अल्जेरिया खेल्दैछन् । 

राति पौने १२ बजे अष्ट्रेलियाले इजिप्टसँग खेल्नेछ । 

शनिबार बिहान पौने ४ बजे अर्जेन्टिनाले केप भर्डेसँग खेल्नेछ । 

शनिबार बिहानै सवा ७ बजे कोलम्बियाले घानासँग खेल्नेछ । 

यो खेलसँगै प्रिक्वार्टरफाइनल समीकरण बन्नेछ । 

शनिबार राति नै पौने ११ बजे क्यानाडा र मोरक्कोले प्रिक्वार्टरफाइनल खेल्नेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ