arrow

स्पेन विश्वकपको प्रिक्वार्टरफाइनलमा, अष्ट्रिया सहजै ३–० ले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
wcf-2026-spain-austria-32.jpg

काठमाडौँ । स्पेन विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम ३२ को खेलमा अष्ट्रियाालाई सहजै ३–० ले पराजित गर्दै स्पेन अन्तिम १६ मा पुगेको हो । 

सोफी स्टेडियममा भएको खेलमा स्पेनले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल गर्यो ।

स्पेनका लागि मिकेट ओएजाबालले दुई तथा पेड्रो पोर्रोले एक गोल गरे । एकतर्फी जस्तै खेलेको स्पेनले ६५ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो । 

स्पेनले गोलका लागि दश ओटा प्रहार गरेको थियो । फितलो अष्ट्रियाले भने एउटै प्रहारसमेत गर्न सकेन । 

हारसँगै अष्ट्रिया बाहिरिएको छ । 

अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
    
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, नर्वे, फ्रान्स, मेक्सिको, बेल्जियम र अमेरिका प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो । 

पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो । 

फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो । 

मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ