नेपाल राष्ट्र बैंकले गर्यो ३५ अर्बको ऋणपत्र बोलकबोल आह्वान
बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
216
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र खरिदका लागि बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै 'ऋणपत्र २०८४ क' को बिक्रीका लागि अनलाइनमार्फत बोलकबोल गर्न सकिने व्यवस्था मिलाएको हो।
यस ऋणपत्रको बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) ले मात्र सहभागिता जनाउन पाउने नियम तोकिएको छ।
ऋणपत्र किन्न चाहने काउन्टरपार्टीले आफूले कबोल गर्न चाहेको कुल रकम र ब्याजदर स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। ब्याजदर प्रस्ताव गर्दा दशमलव पछिको हकमा चार अङ्कसम्म खुलाउनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
यसैगरी इच्छुक संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकम (३५ अर्ब रुपैयाँ) सम्मका लागि आवेदन दिन सक्नेछन्।