-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेदरल्याण्ड्स र मोरक्कोले विश्वकप फुटबलको अन्तिम ३२ को खेलमा निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी खेलेका छन् ।
इन्जुरी समयको पहिलो मिनेटमा मोरक्कोका इसा डिओपले चेम्सडाइन टाल्बीको क्रस पासमा हेड गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका हुन् ।
यसअघि नेदरल्याण्ड्सका लागि खेलको ७२ औँ मिनेटमा कोडि गाक्पोले गोल गरेका । कोडिले क्रिसेन्सिओ समरभिल्लेको पासमा गोल गरेका हुन् ।
निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएसँगै ३० मिनेटको अतिरिक्त समय थपिएको छ ।
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल र पाराग्वे प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।
ब्रजिलले जापानलाई २–१ ले हरायो । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।