विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्कोबीचको खेल पेनाल्टी सुटआउटमा निर्णायक
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
542
Shares
काठमाडौँ । नेदरल्याण्ड्स र मोरक्कोबीचको विश्वकप फुटबलको अन्तिम ३२ को खेल पेनाल्टी सुटआउटमा निर्णायक हुने भएको छ । निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी तथा थपिएको ३० मिनेटमा दुवैतर्फ गोल नभएपछि पेनाल्टीसुटआउटमा निर्णायक हुने भएको हो ।
निर्धारित ९० मिनेटको इन्जुरी समयको पहिलो मिनेटमा मोरक्कोका इसा डिओपले चेम्सडाइन टाल्बीको क्रस पासमा हेड गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए ।
यसअघि नेदरल्याण्ड्सका लागि खेलको ७२ औँ मिनेटमा कोडि गाक्पोले गोल गरेका । कोडिले क्रिसेन्सिओ समरभिल्लेको पासमा गोल गरेका थिए ।
१२० मिनेटको खेलमा मोरक्को हावी रह्यो । मोरक्कोले ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो ।
मोरक्कोले गोलका लागि पाँच ओटा प्रहार गरेकामा गोलकिपरले विफल पारेका थिए । नेदरल्याण्ड्सको भने एक प्रहार मात्र गोलकिपरले रोक्न पाएका थिए ।
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल र पाराग्वे प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।
ब्रजिलले जापानलाई २–१ ले हरायो । पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो ।