राष्ट्र बैंकको प्रतिवेदन र उपसमितिका काममाथि छलफल हुने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
314
Shares
काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित समितिको हलमा मंगलबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो।
आजको बैठकमा मुख्य गरी नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमाथि विस्तृत समीक्षा हुनेछ।
यसका साथै समितिको मातहतमा रहेका विभिन्न उपसमितिहरूले हालसम्म गरेका कामकारबाही, प्रगति र विद्यमान अवस्थाका बारेमा समेत छलफल गर्ने कार्यसूची तय गरिएको छ।