arrow

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन संसदबाटै चाहिन्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
aren-rai-14-03.jpg

काठमाडौँ। श्रम संस्कृत पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्री वालेन्द्र साह ‘बालेन’को अभिव्यक्तिको जवाफ संसदबाट आउनुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे सरकारको धारणा सदनमै स्पष्ट हुनुपर्ने बताए। चितवनबाट आएको जवाफले संसदको गरिमा कायम नहुने उनको भनाइ थियो।

सांसद राईले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन आफूहरूले लामो समयदेखि माग गर्दै आएको भए पनि त्यसको सुनुवाइ नभएको गुनासो गरे।

उनले भने, ‘हामीले विरोधका लागि विरोध गरेका होइनौँ। प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भन्ने माग लामो समयदेखि राख्दै आएका थियौँ। त्यसको सुनुवाइ अहिलेसम्म भएको छैन।’

उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो वा थिएन भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए।

‘यदि प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो भने रेकर्डबाट नहटाइयोस्। तर यदि राष्ट्रघाती अभिव्यक्ति हो भने तत्काल रेकर्डबाट हटाइयोस्। हामीले चितवनबाट उत्तर खोजेका होइनौँ, यही संसदबाट उत्तर चाहेका हौँ,’ उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ