arrow

अष्ट्रिया र अल्जेरियाबीच नाटकीय बराबरी, दुवै 'नकआउट'मा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
wcf-2026-aus-alg-32.jpg

काठमाडौँ । अष्ट्रिया र अल्जेरिया विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा दुवैले ३–३ गोलको बराबरी खेल्दै नकआउट चरणमा पुगेका हुन् । 

खेलमा अष्ट्रियाले मार्को अर्नोटोभिकको गोलमा २८ मिनेटमा अग्रता लियो । ४५ औँ मिनेटमा रफिक बेल्घालीले अल्जेरियालाई बराबरी गोल दिलाए । 

५५ औँ मिनेटमा अष्ट्रियाका मार्सेल सबिट्जरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाए । 

६० औँ मिनेटमा रियाद महरेजले गोल गर्दै २–२ को बराबरीमा ल्याए । इन्जुरी समयको तेस्रो मिनेटमा रियादले पुनः अर्को गोल गर्दै अल्जेरियालाई ३–२ को अग्रता दिलाए । तर इन्जुरी समयको छैटौँ मिनेटमा सासा कालाज्जिकले गोल गर्दै अष्ट्रियालाई बराबरीमा ल्याए । 

यो बराबरीसँगै दुवै टिमले समान ४ अंक ल्याए पनि गोल अन्तरमा अष्ट्रिया उपविजेता भयो भने समूह जेबाट अल्जेरिया तेस्रो स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको हो । 

नकआउटमा अष्ट्रियाले स्पेनसँग खेल्नेछ भने अल्जेरियाले स्वीटजरल्याण्डसँग खेल्नेछ ।

त्यस्तै अर्जेन्टिना शतप्रतिशत नतिजासहित समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको छ । 

समूहको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले हरायो । अर्जेन्टिनाका लागि लियोनल मेस्सी, जिओभानी लोसेलो र लाउटारो मार्टिनेजले एक एक गोल गरे । जोर्डनका मौसा तमारीले सान्त्वना गोल गरे । 

मेस्सीले विश्वकपमा १९ गोल गरिसकेका छन् । जारी विश्वकपमा मात्रै उनले तीन ओटै खेलमा गोल गर्दै गोल संख्या ६ पुर्याएका छन् । उनले एक खेलमा ह्याट्रिक गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ