काठमाडौँ । क्रोएसिया विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । आज बिहान भएको समूह एलको अन्तिम खेलमा घानालाई २–१ ले पराजित हुँदै समूह उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको हो ।
खेलको ३१ औँ मिनेटमा पिटर सुसिकको गोलबाट क्रोएसियाले प्रारम्भिक अग्रता लियो । ७३ औँ मिनेटमा डेरिक लुकासेनले गोल गर्दै घानालाई बराबरीमा ल्याए ।
८३ औँ मिनेटमा निकोला भ्लासिकले गोल गर्दै क्रोएसियालाई जिताए । यो जितसँगै ६ अंकसहित क्रोएसिया अन्तिम ३२ मा पुगेको हो ।
यो हारले पनि ४ अंकको घाना अर्को चरणमा पुगेको छ । त्यस्तै अंकविहीन पानामा बाहिरिएको छ ।
पानामा बिहानै भएको खेलमा इङ्गल्याण्डसँग २–० ले पराजित भएको थियो ।
इङ्गल्याण्ड ७ अंकसहित समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको हो । मध्यान्तरसम्म गोलविहीन भएको खेलमा मध्यान्तरपछि इङ्गल्याण्डले दुवै गोल गरेको हो ।
खेलको ६२ औँ मिनेटमा जुड बिलिङ्घम र ६७ औँ मिनेटमा ह्यारि केनले गोल गरे ।