arrow

इङ्गल्याण्ड अपराजित रहँदै विश्वकपको ‘नकआउट’ मा, पानामा पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
wcf-2026-eng-ghana.jpg

काठमाडौँ । इङ्गल्याण्ड अपराजित रहँदै समूह चरणको शीर्ष स्थानमा रहँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । 

आज बिहान भएको समूह एलको अन्तिम खेलमा पानामालाई २–० ले पराजित हुँदै समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको हो । 

मध्यान्तरसम्म गोलविहीन भएको खेलमा मध्यान्तरपछि इङ्गल्याण्डले दुवै गोल गरेको हो । 

खेलको ६२ औँ मिनेटमा जुड बिलिङ्घम र ६७ औँ मिनेटमा ह्यारि केनले गोल गरे । 

इङ्गल्याण्ड ७ अंकसहित समूह विजेता बन्दै अर्को चरणमा पुगेको हो । यो समूहबाट क्रोएसिया उपविजेता हुँदै र घाना तेस्रो स्थानको उत्कृष्ट आठमा पर्दै अन्तिम ३२ मा पुगेको छ । 

क्रोएसिया अन्तिम खेलमा आज बिहान घानालाई २–१ ले पराजित गर्दै ६ अंकसहित उपविजेता हुँदै अन्तिम ३२ मा पुगेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ