arrow

विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो, यही संस्करणको समूह चरणमै छ गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
messi-worldcup.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गर्दै विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या १९ पुर्‍याएका छन्।

खेलको ६०औँ मिनेटमा मात्र मैदान प्रवेश गरेका मेस्सीले ८०औँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन्। डी–बक्सभन्दा ठीक बाहिर जोर्डनका खेलाडी अमिर जामोसले मेस्सीलाई फउल गरेपछि अर्जेन्टिनाले फ्रिकिकको अवसर पाएको थाहा भएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै मेस्सीले प्रहार गरेको बलले सिधै जाली चुमेपछि अर्जेन्टिनाले खेलमा ३–१ को जित सुनिश्चित गर्‍यो।

जारी विश्वकप २०२६ मा मात्रै मेस्सीको यो छैटौँ गोल हो। यसअघि उनले समूह चरणका खेलहरूमा अल्जेरियाविरुद्ध सानदार ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गरिसकेका छन्। यस ऐतिहासिक गोलसँगै विश्वकपको इतिहासमा मेस्सीको कुल गोल संख्या १९ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ