arrow

कंगो विश्वकपको नकआउटमा, पुनरागमन खेलमा उज्बेकिस्तानमाथि ३–१ को जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
wcf-2026-congo-32.jpg

काठमाडौँ । डीआर कंगो विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह के को अन्तिम चरणको खेलमा उज्बेकिस्तानमाथि ३–१ को जित हासिल गर्दैै कंगो ४ अंकसहित समूहको तेस्रो स्थानमा रहेर नकआउटमा छनोट भएको हो । 

उज्बेकिस्तानले खेलको १० मिनेटमै गोल गरे पनि कंगोले मध्यान्तरपछि पुनरागमन गर्दै तीन गोल गर्न सफल भएको थियो । 

एल्डर शोमुरोदोभले गोल गर्दै उज्बेकिस्तानलाई अग्रता दिलाए । १७ औँ मिनेटमा कंगोले गरेको गोललाई भने भीएआरले अस्वीकृत गरेपछि बराबरी हुन सकेन । 

६८ औँ मिनेटमा योएने विसाले गोल गर्दा कंगोले १–१ को बराबरी गरे । 

७८ औँ मिनेटमा फिस्टन मायेलेले गोल गर्दै कंगोलाई २–१ को अग्रता दिलाए । इन्जुरी समयमा विसाले अर्को गोल गर्दै टिमलाई ३–१ ले जिताए । 

यो समूहबाट मा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेलेसँगै कोलम्बिया ७ अंकसहित समूह विजेता बन्दै नकआउटमा पुगेको छ भने पोर्चुगल ५ अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको छ । 

अंकविहीन उज्बेकिस्तान बाहिरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ