arrow

सिजी ब्रान्डको “केन यु सल्भ द पजल” कन्टेस्ट विजेता घोषणा, नुवाकोटका श्याम रिजालले सिजी ब्रिजर २२ एयर कुलर जिते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
cg-electronic-cooler-winner-june-2026.jpg

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेकट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको “केन यु सल्भ द पजल” नामक विशेष कन्टेस्टको विजेता घोषणा गरेको छ।

ग्राहकहरूसँगको अन्तर्क्रियालाई अझ प्रगाढ बनाउन र उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले ब्रान्डले यो कन्टेस्ट सञ्चालन गरेको थियो। ग्राहकहरूको उत्साहजनक र व्यापक सहभागिता रहेको यस रोमाञ्चक प्रतियोगितामा नुवाकोट निवासी श्री श्याम रिजाल विजेता बन्नुभएको छ।

विजेता श्याम रिजाललाई सानेपास्थित सिजी इलेकट्रोनिक्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले आकर्षक उपहार स्वरूप गर्मी मौसमका लागि अत्यन्तै उपयोगी ‘सिजी ब्रिजर २२ एयर कुलर’ हस्तान्तरण गरेका थिए। यस प्रतियोगितामा ग्राहकहरूबाट प्राप्त अपार सहभागिताले सिजी ब्रान्डप्रतिको माया र विश्वासलाई फेरि एक पटक प्रमाणित गरेको छ।

“एक्सपेरियन्स लाइफ विथ सिजी” को मूल नारालाई आत्मसात् गर्दै आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै उहाँहरूसँग जोडिन र खुसी साट्न यस्तै रोमाञ्चक र आकर्षक प्रतियोगिताहरू ल्याइरहने प्रतिबद्धता सिजी ब्रान्डले जनाएको छ।

सिजीका उत्कृष्ट उपकरणहरू देशभर रहेका २१ वटा आधुनिक ‘सिजी डिजिटल’ शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np र www.cginspiringlife.com तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ