arrow

सिजीको 'नयाँ वर्ष २०८३ उपहार योजना': 'सेट अफ ५ प्रोडक्ट्स' विजेता बने झापाका रणधीर गुप्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
cg-electronic-meridia-luckey-winnter-june-2026.jpg

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेकट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो साना घरायसी उपकरण (एसडीए) श्रेणी अन्तर्गत सञ्चालन गरेको “एक्पेरिअन् लाइभ विथ सिजी भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियानको विजेता घोषणा गरेको छ।

यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ को विजेता झापा, भद्रपुर निवासी श्री रणधीर गुप्ता बन्नुभएको छ। उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको साना घरायसी उपकरण 'सिजी इग्नाइट टुबीएस' खरिद गरी उपलब्ध क्युआर कोड स्क्यान गरेर यस योजनामा सहभागी भएका थिए।

हालै एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि श्री आशुतोष ठाकुरले विजेता श्री रणधीर गुप्तालाई उक्त आकर्षक उपहारहरू हस्तान्तरण गर्नुभएको छ। उपहार प्राप्त गरेपश्चात् गुप्ताले आफू अत्यन्तै खुसी र हर्षित रहेको बताउँदै सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझै मजबुत भएको प्रतिक्रिया दिएका छन्।

सिजीका उत्कृष्ट साना घरायसी उपकरणहरू देशभर रहेका २८ वटा आधुनिक शोरुमहरू ('सिजी डिजिटल' र 'एलजी ब्रान्ड शप'), कम्पनीका आधिकारिक वेबसाइटहरू www.cgdigital.com.np www.cginspiringlife.com तथा सिजी ब्रान्डको नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ।४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेकट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ