arrow
ADVERTISEMENT

ग्रीनवीच होटेलका सञ्चालकले फैलाएको भ्रामक सूचनाप्रति समिट होटेलद्वारा खेद प्रकट

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
summit-hotel-kupandol-lalitpur.jpg
तस्बिर : फाइल

काठमाडौँ। ग्रीनवीच होटेल, ललितपुरका सञ्चालकले समिट होटेल निर्माणका क्रममा भएको क्षतिपूर्ति नपाएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोप्रति समिट होटेलले खेद प्रकट गरेको छ।

समिट होटेलले उक्त दाबी तथ्यहीन रहेको जनाउँदै ग्रीनवीच होटेलका सञ्चालकलाई क्षतिपूर्ति स्वरूप रु. ९ करोड ६६ लाख रकम भुक्तानी गरिसकिएको जानकारी दिएको तथ्य सार्वजनिक गरेको छ। समिट होटेलले ग्रीनवीच होटेलका सञ्चालकले उक्त रकम बुझिलिएको हस्ताक्षर सहितको रिसिप्ट समेत सार्वजनिक गरेको छ।

होटेलका अनुसार सम्बन्धित पक्षले उक्त रकम बुझिसकेको अवस्थामा क्षतिपूर्ति नपाएको दाबी गर्दै सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने कार्य शङ्कास्पद रहेको जनाएको छ।

समिट होटेलले यस विषयमा सम्बन्धित सरकारी निकायलाई समेत जानकारी गराइसकेको जनाएको छ। होटेलका अनुसार केही समयअघि ललितपुर महानगरपालिकाले समेत ग्रीनवीच होटेलका सञ्चालकसँग प्राप्त रु. ९ करोड ६६ लाख रकम के प्रयोजनमा उपयोग गरिएको भन्ने विषयमा जानकारी मागेको थियो।

समिट होटेलका अनुसार ललितपुर महानगरपालिका वडा नं. १, कोपुण्डोलस्थित होटेल तथा अपार्टमेन्ट निर्माणको प्रारम्भिक कार्य अघि बढाउने क्रममा मिति २०७९ चैत २५ गते आसपासका सात वटा सँधियार तथा घरमा पुगेको क्षतिलाई सम्बोधन गर्दै सहमतिका आधारमा उचित क्षतिपूर्ति वितरण गरिएको थियो।

तर, ग्रीनवीच होटेलका सञ्चालकले क्षतिपूर्तिबापतको रकम बुझिसकेपछि पनि आफूले कुनै क्षतिपूर्ति नपाएको दाबी गर्दै आम जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले तथ्यहीन सूचना प्रवाह गरिरहेको देखिएको समिट होटेलको जनाए को छ।

“सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक सामग्री सार्वजनिक गरी सर्वसाधारणमा भ्रम सिर्जना गर्ने प्रयास भएकाले यसप्रति होटेलको गम्भीर ध्यानाकर्षण भएको छ। सार्वजनिक गरिएका त्यस्ता सामग्रीमा कुनै सत्यता नरहेको स्पष्ट रूपमा खण्डन गर्दछौँ,” समिट होटेलले जानकारी गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ