एलजी नेपालद्वारा “ गेम अन विथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
235
Shares
काठमाडौँ। एलजी इलेकट्रोनिक्स नेपालले फुटबल प्रेमी दर्शकहरूलाई लक्षित गर्दै आफ्नो नवीनतम “गेम अन विथ एलजी एआई टिभी” अभियान सार्वजनिक गरेको छ। यस अभियानमार्फत फुटबलका हरेक खेललाई उत्कृष्ट दृश्य गुणस्तर, जीवन्त ध्वनि तथा एलजीको अत्याधुनिक एआई प्रविधिको साथ अझ रोमाञ्चक र वास्तविक रूपमा अनुभव गर्न सकिने कम्पनीले जनाएको छ। विश्व प्रसिद्ध एलजी ओएलईडी डिस्प्ले प्रविधिद्वारा सञ्चालित यी टेलिभिजनहरू हरेक गोल, उत्कृष्ट बचाउ र उत्सवका क्षणलाई जीवन्त बनाउँदै दर्शकलाई मैदानकै नजिक रहेको अनुभूति दिलाउन डिजाइन गरिएको छ।
अभियानलाई अझ आकर्षक बनाउन एलजीले चयनित टिभी मोडलहरूमा ४ वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ, जसअन्तर्गत ३ वर्षको स्ट्यान्डर्ड वारेन्टी र १ वर्षको अतिरिक्त विस्तारित वारेन्टी समावेश रहेको छ। यस सुविधामार्फत ग्राहकहरूले यस वर्षको फुटबल रोमाञ्च मात्र नभई आगामी वर्षहरूमा पनि ढुक्कका साथ मनोरञ्जनको अनुभव लिन सक्ने कम्पनीको विश्वास छ। यो सुविधा गुणस्तरीय, भरपर्दो तथा दीर्घकालीन उत्पादन उपलब्ध गराउने एलजीको प्रतिबद्धताको प्रतिबिम्ब हो।
ग्राहकलाई टिभी खरिद अझ सहज बनाउन एलजी इलेकट्रोनिक्स नेपालले चयनित मोडलहरूमा ३० प्रतिशतसम्म क्यासब्याक, नो-कस्ट ईएमआई, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन तथा प्राथमिकता प्राप्त इन्स्टलेसन सेवा समेत उपलब्ध गराएको छ। यो विशेष अफर २०८३ जेठ २१ गते (जुन ४, २०२६) देखि साउन ४ गते (जुलाई १९, २०२६) सम्म नेपालभरका आधिकारिक एलजी विक्रेतामार्फत लागू हुनेछ। यस अभियानले फुटबल प्रेमीहरूलाई आफ्नो घरमै अत्याधुनिक प्रविधियुक्त एलजी एआई टिभी मार्फत खेल हेर्ने अनुभवलाई थप स्तरीय बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
एलजी इलेकट्रोनिक्सबारे
एलजी इलेकट्रोनिक्स गृह उपकरण, उपभोक्ता इलेकट्रोनिक्स तथा एयर सोलुसन क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो। नवीन प्रविधि, ऊर्जा-दक्ष उत्पादन तथा ग्राहक केन्द्रित डिजाइनका लागि परिचित एलजीको उत्पादन पोर्टफोलियोमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, अडियो प्रणाली लगायतका विभिन्न समाधानहरू समावेश छन्, जसले दैनिक जीवनलाई अझ सहज र समृद्ध बनाउन मद्दत पुर्याउँछन्। थप जानकारीका लागि www.lg.com/np मा अवलोकन गर्न सकिन्छ।
सीजी इलेकट्रोनिक्सबारे
सीजी कर्प ग्लोबलअन्तर्गत रहेको सीजी इलेकट्रोनिक्स नेपालका अग्रणी उपभोक्ता इलेकट्रोनिक्स कम्पनीहरूमध्ये एक हो तथा नेपालमा एलजी उत्पादनहरूको एक मात्र आधिकारिक वितरक हो। चार दशकभन्दा लामो साझेदारीमार्फत एलजी नेपालमा प्रिमियम उपभोक्ता इलेकट्रोनिक्स ब्रान्डका रूपमा स्थापित रहँदै आएको छ।