माइडियाको नयाँ डबल डोर रेफ्रिजरेटर: आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
278
Shares
काठमाडौँ। बदलिँदो जीवनशैलीसँगै आजका उपभोक्ताहरू घरेलु उपकरणमा आकर्षक डिजाइनका साथै सुविधा, ऊर्जा दक्षता र भरपर्दो कार्यक्षमताको अपेक्षा राख्न थालेका छन्। विशेष गरी रेफ्रिजरेटर अब खाद्य सामग्री चिसो राख्ने साधन मात्र नभई घरको दैनिक जीवनलाई व्यवस्थित बनाउने आवश्यक अङ्ग बनेको छ। यही आवश्यकता र उपभोक्ताको अपेक्षालाई ध्यानमा राख्दै माइडियाले नेपाली बजारमा आफ्नो नयाँ माइडिया डबल डोर रेफ्रिजरेटर (एमडीआरटी२९४एफजीजी२८एनपी) सार्वजनिक गरेको छ।
आधुनिक डिजाइन, प्रयोगमैत्री संरचना र स्मार्ट सुविधासहित ल्याइएको यो रेफ्रिजरेटरले नेपाली परिवारको दैनिक जीवनलाई थप सहज बनाउने विश्वास कम्पनीले गरेको छ। २१० लिटर स्टोरेज क्षमतायुक्त यस उत्पादनले साना तथा मध्यम आकारका परिवारलाई पर्याप्त भण्डारण सुविधा उपलब्ध गराउनेछ।
आजका उपभोक्ताले समय बचतसँगै सहज र टिकाउ समाधान खोजिरहेका छन्। त्यसलाई ध्यानमा राख्दै यसमा डाइरेक्ट कूल नन–इन्भर्टर प्रविधि समावेश गरिएको छ, जसले प्रभावकारी चिसोपन कायम राख्न सहयोग पुर्याउँछ। सजिलो मेकानिकल टेम्परेचर कन्ट्रोलले प्रयोगकर्तालाई आवश्यकताअनुसार तापक्रम नियन्त्रण गर्न सहज बनाउँछ।
उत्पादनमा रहेको स्पेसियस बिग कूलिङ जोनले फलफूल, तरकारी तथा अन्य खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्न मद्दत गर्छ। दैनिक प्रयोगलाई थप सहज बनाउन वान टच डिफ्रस्ट सिस्टम जडान गरिएको छ भने लो फ्रस्ट प्रविधिले अत्यधिक बरफ जम्ने समस्या कम गर्दै सफाइ र मर्मतमा सहजता ल्याउँछ।
त्यसै गरी, प्रयोगकर्ताको सुविधा र टिकाउपनलाई प्राथमिकता दिँदै टिकाउ टेम्पर्ड ग्लास शेल्फ प्रयोग गरिएको छ, जसले बढी तौल भएका सामग्री पनि सुरक्षित रूपमा राख्न सक् । सुविधाजनक एग एन्ड आइस ट्रेले दैनिक प्रयोगलाई व्यवस्थित बनाउँछ भने कम आवाज प्रदर्शनले घरको शान्त वातावरणलाई असर नपारी उत्कृष्ट कार्यक्षमता दिन्छ।
उपभोक्तालाई थप विश्वसनीय अनुभव दिन कम्पनीले उत्पादनमा २ वर्षको वारेण्टी र कम्प्रेसरमा १० वर्षको वारेण्टी उपलब्ध गराएको छ। १० वर्षको कम्प्रेसर वारेण्टीले उत्पादनको टिकाउपनप्रति कम्पनीको विश्वासलाई थप बलियो बनाएको छ।
सिजी इलेकट्रोनिक्समार्फत नेपाली बजारमा उपलब्ध माइडियाका वासिङ मेसिन, रेफ्रिजरेटर, माइक्रोवेभ, एयर फ्रायर, भान्सा उपकरण, पङ्खा, हिटर लगायत विभिन्न घरेलु विद्युतीय सामग्री उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन्। आधुनिक प्रविधि, ऊर्जा बचत, शक्तिशाली कार्यक्षमता र टिकाउ गुणस्तरका कारण माइडिया नेपाली बजारमा भरपर्दो तथा विश्वासिलो ब्रान्डका रूपमा चिनिँदै आएको छ।