चर्को गर्मीलाई मात दिन सीजीको 'मेगा लन्च': ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
294
Shares
काठमाडौँ। नेपालकै अग्रणी इलेकट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (एसडीए) पोर्टफोलियोलाई हालसम्मकै आक्रामक रूपमा विस्तार गरेको छ। बढ्दो गर्मी र उपभोक्ताको विविध आवश्यकतालाई मध्यनजर गर्दै, कम्पनीले स्ट्यान्ड, वाल, सिलिङ र टेबल फ्यान सेग्मेन्टमा एकैसाथ ७ वटा अत्यधिक शक्तिशाली नयाँ मोडलहरू सार्वजनिक गरेको छ। यी नयाँ लन्चहरूसँगै सीजीले फ्यान बजारमा आफ्नो निर्विवाद नेतृत्वलाई अझ मजबुत बनाएको छ।
बजारमा तहल्का मच्चाउने नयाँ लन्चहरू:
१. सीजी स्ट्यान्ड फ्यान सिरिज (३ नयाँ मोडलहरू):उपभोक्ताको मागलाई ध्यानमा राख्दै सीजीले मजबुत निर्माण, निरन्तर चल्ने भरपर्दो मोटर र वाइड एंगल ओसिलेसन जस्ता साझा विशेषताहरूसहित ३ वटा नयाँ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ:
CGSF18: १२५० आरपीएम गतिको यो मोडलमा १८” एल्युमिनियम ब्लेड र ३-स्पिड कन्ट्रोल रहेको छ।
CGSF16HS02 (हाई-स्पिड): २१५० आरपीएमको सुपर-फास्ट गतिको यस फ्यानमा १६” एबीएस ब्लेड, ४-स्पिड कन्ट्रोल र समय सेट गर्न मिल्ने टाइमर फङ्सन जडान गरिएको छ।
CGSF16D05: २१५० आरपीएमको उच्च गति, १६” एल्युमिनियम ब्लेड, ३-स्पिड कन्ट्रोल र टाइमर फङ्सन सहितको यो फ्यान गर्मीका लागि उत्कृष्ट विकल्प हो।
२. सीजी मेरिडिया वाल फ्यान (CGMRWF16HS01): प्रिमियम सेग्मेन्टलाई लक्षित गरी ल्याइएको यो मोडलले भित्तामा कम ठाउँ ओगटेर उत्कृष्ट कार्यक्षमता दिन्छ।
क्षमता र डिजाइन: २१५० आरपीएमको अत्यन्तै उच्च गति, १००% शुद्ध तामाको मोटर, एयरोडाइनामिक ३-लिफ ब्लेड र ३-स्पिड कन्ट्रोल।
३. सीजी 'डेकोरेटिभ' र 'हाई-स्पिड' सिलिङ फ्यान (२ नयाँ मोडलहरू):
CGCF48HSDE (सेतो र निलो रङ): ४८” को फराकिलो स्विप, ४१० (±१०%) आरपीएम को गति र २२०एम³/मिनको उत्कृष्ट हावा प्रवाह, कम भोल्टेजमा पनि उत्कृष्ट कार्यक्षमता दिने।
CGCF36HS01 (हाई-स्पिड): ३६” को स्विप र ६०० (±१०%) आरपीएमको उच्च गतिसहित २१०एम³/मिनको एयर डेलिभरी। १००% कपर मोटर र एयरोडाइनामिक ब्लेड।
४. सीजी टेबल फ्यान (CGTF9A): व्यक्तिगत प्रयोग र सानो स्पेसका लागि अत्यन्तै उपयोगी नयाँ कम्प्याक्ट मोडल।
कार्यक्षमता: आवश्यकता अनुसार गति मिलाउन मिल्ने भेरिएबल स्पिड कन्ट्रोल, मजबुत र भरपर्दो मोटरसहित अत्यधिक टिकाउ।
वारेन्टीमा विशेष प्रतिबद्धता
गुणस्तर र टिकाउपनमा पूर्ण भरोसा प्रदान गर्न सीजीले सार्वजनिक गरेको नयाँ टेबल फ्यान (CGTF9A) को मोटरमा १२ महिनाको वारेन्टी उपलब्ध गराएको छ भने, सार्वजनिक भएका अन्य सम्पूर्ण स्ट्यान्ड, वाल र सिलिङ फ्यानहरूको मोटरमा २४ महिनाको विशेष वारेन्टी प्रदान गरेको छ।
३९ मोडलको वृहत् पोर्टफोलियो: फ्यान सेग्मेन्टमा सीजीको निर्विवाद नेतृत्व
यी ७ नयाँ आक्रामक लन्चहरूसँगै फ्यान सेग्मेन्टमा सीजीको लाइनअप प्रतिस्पर्धारहित बनेको छ। अहिले बजारमा सीजीले हरेक आवश्यकतालाई सुहाउने कुल ३९ वटा विभिन्न मोडलका फ्यानहरू उपलब्ध गराइरहेको छ:
स्ट्यान्ड फ्यान (१२ मोडल): ३ नयाँ लन्चसहित ६ सीजी नर्मल र ३ मेरिडिया फ्यान।
फर्राटा फ्यान (३ मोडल): ठूला हल तथा व्यावसायिक प्रयोगका लागि ३ शक्तिशाली फर्राटा फ्यान।
सिलिङ फ्यान (१६ मोडल): २ नयाँ लन्चसहित ४ बीएलडिसी सिरिज, ६ डेकोरेटिभ सिरिज र ६ हाई-स्पिड सिरिज।
वाल फ्यान (३ मोडल): नयाँ प्रिमियम मेरिडियासहित ३ वटा वाल फ्यान।
टेबल र एक्जस्ट फ्यान (५ मोडल): नयाँ मोडलसहित व्यक्तिगत प्रयोगका लागि ३ वटा टेबल फ्यान र भान्सा/बाथरुमका लागि २ वटा एक्जस्ट फ्यान।
यी नयाँ फ्यानसहित सीजीको सम्पूर्ण रेन्ज देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सीजी डिजिटल र एलजी ब्रान्ड शप), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np, cginspiringlife.com मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै, देशभर फैलिएका ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट प्राविधिक सहयोग सुनिश्चित गरिएको छ। "यसपालिको गर्मीलाई मात दिन हामीले सबै सेग्मेन्टमा एकैसाथ नयाँ प्रविधि र उच्च गतिकाहरू फ्यानहरू बजारमा ल्याएका छौँ।
बजारमा उपलब्ध ३९ वटा मोडलको विशाल रेन्जले सम्पूर्ण फ्यान सेग्मेन्टमा सीजीको बलियो उपस्थिति र ग्राहकप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ," सिजी इलेकट्रोनिक्सका एक अधिकारीले बताए। "इक्स्पिरीअन्स लाइभ विथ सीजी" को मूल नारालाई आत्मसात् गर्दै सीजीले नेपाली उपभोक्ताको जीवनलाई सहज र शीतल बनाउन सधैँ उत्कृष्ट उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछ।