arrow

निकै सकसबीच रास्वपाको मतदान, बहिस्कारको नारापछि सशस्त्र बोलाएर तर्साइयो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
rsp-ele-83-3-11rrr.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा आज बिहानमात्र मतदान शुरू भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान भइरहेको हो ।

मतदान शुरू भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गर्न थालेका थिए । त्यसअघि मतदान गर्न नपाएर छट्पटिएका महाधिवेशन प्रतिनिधिले बहिस्कारको नारा लगाएका थिए । 

त्यसपछि अताल्लिएको निर्वाचन आयोगले सशस्त्र प्रहरीलाई बोलाएको थियो । ठूलो संख्यामा सशस्त्र पुगेपछि भने आक्रोश केही शान्त भएको थियो । 

 असार ७ गतेदेखि शुरू भएको महाधिवेशन ९ गतेसम्म चल्ने बताइएको थियो । तर झण्डै तीन तीन महिनादेखि गरिएको फितलो तयारी रास्वपाले देखाएर जग हसाएको छ । 

जनताबाट मत पाए पनि कामको परिपक्वताको हैसियत नबनाएको रास्वपाको महाधिवेशन दुई दिन थप्दा पनि टुंगिने छाँट देखिएको छैन । 

आइतबारदेखि शुरू भएको महाधिवेशन मंगलबार दिउँसो साढे ३ बजेपछिमात्र बन्द सत्रमा प्रवेश गरेको थियो । बुधबार बिहान ८ः३० बजेदेखि मतदान गर्ने भनिए पनि बिहीबार बिहानमात्र शुरू हुन पुग्यो । 

पहिलो चरणको मतदान आज बिहान १० बजेसम्म जारी रहने आयोग प्रमुख केसीले बताएका छन् । तर अहिलेसम्म कुनै काम समयमै शुरू नभएर हैरानी खेपेका रास्वपा प्रतिनिधि भने १० बजे सकिनेमा पनि शंका गर्छन् । 

कतिपय प्रतिनिधि त मतदान नगरी घर फर्केका छन् । 

निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । पहिलो चरणमा केन्द्रीय सदस्यहरू निर्वाचित भएपछि दोस्रो चरणमा पदाधिकारीको निर्वाचन हुनेछ । 

रास्वपाका नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् । 

परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिएकी छिन् । 

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी  दिएकी छिन् । 

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ ।

सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् । 

rsp-election-83-3-11qqqqq (21).jpg
rsp-election-83-3-11qqqqq (2).jpg
rsp-election-83-3-11qqqqq (3).jpg
rsp-election-83-3-11qqqqq (4).jpg
rsp-election-83-3-11qqqqq (5).jpg
rsp-election-83-3-11qqqqq (6).jpg
rsp-election-83-3-11qqqqq (7).jpg
rsp-election-83-3-11qqqqq (8).jpg
rsp-election-83-3-11qqqqq (9).jpg
rsp-election-83-3-11qqqqq (10).jpg
rsp-election-83-3-11qqqqq (11).jpg
rsp-election-83-3-11qqqqq (12).jpg
rsp-election-83-3-11qqqqq (13).jpg
rsp-election-83-3-11qqqqq (14).jpg
rsp-election-83-3-11qqqqq (15).jpg
rsp-election-83-3-11qqqqq (16).jpg
rsp-election-83-3-11qqqqq (17).jpg
rsp-election-83-3-11qqqqq (18).jpg
rsp-election-83-3-11qqqqq (19).jpg
rsp-election-83-3-11qqqqq (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ