arrow

क्रोएसियासँग पराजित भएसँगै पानामा विश्वकपबाट बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
wcf-2026-croatia-panama.jpg

काठमाडौँ । पानामा विश्वकप फुटबलको अघिल्लो चरण प्रवेशको सम्भावनाबाट बाहिरिएको छ । समूह चरणमा एक खेल खेल्न बाँकी छँदै पानामा विश्वकपबाट बाहिरिएको हो । 

बुधबार बिहान भएको समूह आईको दोस्रो चरणको खेलमा पानामा क्रोएसियासँग १–० ले पराजित भयो । 

खेलको ५४ औँ मिनेटमा क्रोएसियाका लागि एन्टे बुदिमिरले निर्णायक गोल गरे । उनले जोसिप स्टानिसिकको पासमा गोल गरेका थिए । 

यो जितसँगै क्रोएसियाको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो रहेको छ । 

पहिलो खेलमा इङ्गल्याण्डसँग पराजित भएको क्रोएसियाको ३ अंक रहेको छ । 

बिहान भएको खेलमा इङ्गल्याण्ड र घानाले गोलरहित बराबरी खेलेसँगै इङ्गल्याण्ड र घानाको समान ४ अंक छ ।  

समूह चरणको अन्तिम खेलमा क्रोएसियाले घानासँग खेल्नेछ । इङ्गल्याण्डको भिडन्त पानामासँग हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ