arrow

फ्रान्स विश्वकपको नकआउटमा, एम्बाप्पेको गोलमा इराक पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
wcf-mbappe-2026-6-23.jpg

काठमाडौँ । फ्रान्स विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको खेलमा लगातार दुई जितसहित एक खेलअघि नै साविक उपविजेता फ्रान्स अन्तिम ३२ मा पुगेको हो । 

आज बिहान सम्पन्न समूह आईको खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्यो । 

स्टार खेलाडी केलियन एम्बाप्पेले २ गोल गोल गरे । 

खेलको १४ औँ मिनेटमा माइकल ओलिसको पासमा एम्बाप्पेले गोल गरेका हुन् । ५४ औ‍ँ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गरे । योसँगै एम्बाप्पेले विश्वकपमा १६ औँ गोल गरेका छन् । 

उनीभन्दा अगाडि अर्जेन्टिनाका लियोनल मेस्सी रहेका छन् । एम्बाप्पे र जर्मनीका मिरोस्लाभ क्लोजको समान १६ गोल भएको छ ।

क्लोजले संन्यास लिइसकेकाले अब फराकिलो कीर्तिमान मेस्सी र एम्बाप्पेकै नाममा हुने निश्चित छ ।

फ्रान्सका लागि तेस्रो गोल अस्मान डेम्बेलेले गरे ।

फ्रान्सले यसअघि सेनेगललाई ३–१ ले हराएको थियो । फ्रान्स ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । 

दुवै खेल हारेको इराक बाहिरिएको छ । नर्वे एक खेलबाट ३ अंकसहित दोस्रो तथा एक खेलबाटै अंकविहीन सेनेगल तेस्रो स्थानमा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ