arrow

नर्वे विश्वकपको अन्तिम ३२ मा, सेनेगल बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
wcf-2026-norway-senegal.jpg
तस्बिर : एपी ।

काठमाडौँ । नर्वे विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । दोस्रो चरणको खेलमा सेनेगलमाथि ३–२ को जितसहित नर्वे अन्तिम ३२ मा पुगेको हो । यसअघि नर्वेले इराकलाई हराएको थियो । 

नर्वेलाई जिताउन आर्लिङ हालान्डले दुई तथा मार्कस पेडरसनले एक गोल गरे । 

सेनेगलका लागि इस्माइला सारले दुवै गोल गरे पनि टिमलाई जिताउन सकेनन् । 

यो खेलसँगै समूह आईबाट फ्रान्स र नर्वे समान दुई जितसहित आपसमा भिड्नुअघि नै अन्तिम ३२ मा पुगेका छन् । सेनेगल र इराक बाहिरिएका छन् ।

फ्रान्सले बिहानमात्रै इराकमाथि ३–० को जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

कीर्तिमानी स्ट्राइकर केलियन एम्बाप्पेले दुई गोल गरे । उनको नाममा १६ गोल भइसकेको छ । उनीभन्दा अगाडि अब अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सी भएका छन् । उनको नाममा १८ गोल भइसकेको छ । 

मेस्सीले गएराति मात्रै अष्ट्रिया विरुद्धको खेलमा दुई गोल गरेका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ