arrow

ओयार्जबलको पुनरागमन, स्पेनले मध्यान्तरमै बनायो ३-० को अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
spain-qutar.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एचको दोस्रो खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै मध्यान्तरसम्म ३-० को अग्रता बनाएको छ।

स्पेनको जितउन्मुख प्रदर्शनमा फरवार्ड मिकेल ओयार्जबल नायक बनेका छन्।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको स्पेनका लागि लामिन यामालले गोलको खाता खोलेका थिए।

त्यसपछि ओयार्जबलले लगातार २ गोल गर्दै टोलीलाई सहज अवस्थामा पुर्‍याए। पहिलो खेलमा केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले यस खेलमा भने पूर्ण नियन्त्रण जमाएको छ।

रोचक तथ्य के छ भने, केप भार्डेविरुद्धको खेलमा ओयार्जबलले पहिलो ३० मिनेटसम्म एकपटक पनि बल छोएका थिएनन्।

तर साउदी अरेबियाविरुद्ध भने उनले दुई गोल गर्दै आफूलाई निर्णायक खेलाडीका रूपमा प्रस्तुत गरेका छन्।

समूह एचमा स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भार्डे रहेका छन्। पहिलो चरणका खेलपछि चारै टोलीको समान १-१ अंक रहेकामा स्पेनले दोस्रो खेलमा अग्रता लिएसँगै समूहको शीर्ष स्थान कब्जा गरेको छ।

आजै हुने अर्को खेलमा उरुग्वे र केप भार्डे आमनेसामने हुँदैछन्। उक्त खेलको नतिजाले समूह एचको समीकरणलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ