arrow

केएमसीको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको कटुन्जेमा साढे पाँच सयको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
kmc-83-3-7.jpg

भक्तपुर । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको कटुन्जेमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

केएमसीको प्राविधिक सहयोगमा पारिजात वचत तथा ऋण सहकारी संस्थाक लिमिटेडको आयोजनामा सहकारी भवन कटुन्जेमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
 
शिविरमा ५६३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

शिविरमा ११८ जनाको भिडियो एक्सरे, ३८ जनाको ईसीजी गरिएको थियो । ९९ जनाको ल्याब परीक्षण गरिएको थियो ।

५ जनाको दाँत खोलिएको थियो । त्यसैगरी २७ जनालाई थप उपचारका लागि केएमसी रिफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ ।

ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ