केएमसीको निःशुल्क स्वास्थ्य शिविर मन्थलीमा, १३ सय १३ जनाको उपचार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
493
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले रामेछापको मन्थलीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोग तथा मन्थली नगरपालिकाको आयोजनामा मन्थली नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य शिविर भएको हो ।
शिविरमा एक हजार ३१३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा १५० जनाको ल्याब परीक्षण, ११७ जनाको भिडियो एक्सरे, ७१ जनाको ईसीजी गरिएको थियो । ९ जनाको दाँत खोलिएको थियो भने ४८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।