केएमसीको निःशुल्क स्वास्थ्य शिविर सूर्यविनायकमा, साढे चार सयको उपचार
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
357
Shares
भक्तपुर । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा नन्दीकेशर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीकै आफ्नो भवन नखेल सूर्यविनायकमा स्वास्थ्य शिविर भएको हो ।
शिविरमा ४६८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ९२ जनाको भिडियो एक्सरे, ८४ जनाको ईसीजी गरिएको थियो । २२ जनाको दाँत खोलिएको थियो भने २८ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।