arrow

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा छ सय र चाँदीको भाउ ५० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँ रहेको थियो ।

यता, गत शुक्रबार प्रतितोला चार हजार छ सय ४० रुपैयाँमा कारोबार भइरहेको असली चाँदीको भाउ आइतबार बढेर ४ हजार छ ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ