arrow

राप्रपाका दिलनाथ गिरी पर्यटनमन्त्री

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
dilnath-giri-news.jpg.jpeg
काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरी पर्यटन मन्त्री बन्ने भएका छन् । बिहीबार हुनलागेको मन्त्रीमण्डलमा गिरीले पनि सपथ ग्रहण गर्ने तयारी गरिरहेको भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले जानकारी दिए । पर्यटन राज्यमन्त्रीमा भने पर्शुराम तामाङले शपथ लिने भएका हुन्। 
 
राप्रपाबाट अध्यक्ष कमल थापा सहित दुई मन्त्रीले बिहीबार सपथ ग्रहण गर्दैछन् । सप्तरी घटनापछि राष्ट्रिय राजनीतिमा उतारचढाव आइरहँदा राप्रपाले मेची महाकाली यात्रालाई स्थगित गरेको थियो ।सप्तरी घटनापछि मधेश केन्द्रित राजनीतिक दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा अलमलमा रहँदा राप्रपाका तर्फबाट सरकारमा सहभागि हुने कुराले सरकारलाई अझ वलियो बनाउने विश्लेषण गरिएको छ । 
 
राप्रपाको महाधिवेशनबाट शक्तिशाली अध्यक्षमा निर्वाचित भएका कमल थापाले उपप्रधानमन्त्रीको सपथ बिहिवार साँझ ६ वजे लिने तयारी भइरहेको शितल निवास स्रोतले जनाएको छ । स्थानिय मन्त्री रहेका माओवादीका हितराज पाण्डेलाई माओवादीले फिर्ता वोलाउने प्रचण्ड निकट स्रोतले जनाएको छ। 
 
राप्रपाका तर्फबाट सरकारमा यसअघी नै सहभागि भएपनि पार्टीका तर्फबाट नेतृत्व गरेर कमल थापा जाने भएका हुन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ