केएमसीको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको सूर्यविनायकमा, छ सयको उपचार
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
262
Shares
भक्तपुर । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा सूर्यविनायक ९ वडा कार्यालयकोआयोजनामा सरस्वती माविमा शिविर भएको हो ।
शिविरमा ५८५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
शिविरमा ९८ जनाको भिडियो एक्सरे, ९२ जनाको ईसीजी गरिएको थियो । ११२ जनाको ल्याब परीक्षण गरिएको थियो ।
२८ जनाको दाँत खोलिएको थियो ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।