arrow

संसद्‌मा परराष्ट्रमन्त्री खनालले भने- चीनसँग पनि सीमा विवाद छ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
sisir-khanal-parliaments.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग पनि सीमा विवाद रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले उत्तरी छिमेकी चीनसँग केही क्षेत्रमा समस्या रहेको बताएका हुन्।

सदनमा बोल्दै परराष्ट्रमन्त्री खनालले भने, ‘केही सीमित ठाउँहरूमा चीनको सीमामा सीमा विवादहरू छन्, विवादै नभएको होइन। उत्तरी नाकामा हाल धेरै क्रियाकलाप (एक्टिभिटी) भने कम छ। ’ 

मन्त्रालयको बजेट शीर्षकमा यस विषयलाई समेट्नुपर्ने भएकाले नै रकम राखिएको उल्लेख गर्दै उनले आवश्यक परेको खण्डमा अर्थ मन्त्रालयबाट विशेष स्वीकृति लिएर ती विवादित क्षेत्रमा काम अगाडि बढाइने जानकारी दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ