arrow

भारत र चीन भ्रमणले राष्ट्रिय हित प्रवर्द्धन भएको परराष्ट्रमन्त्री खनालको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
shishir-khanal-samsad-04-03.jpg

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत र चीन भ्रमणबाट मुलुकको राष्ट्रिय हित प्रवर्द्धनमा योगदान पुगेको दाबी गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उक्त दाबी गरेका हुन्।

मन्त्री खनालले मन्त्रालयलाई विनियोजन गरिएको बजेटको अधिकतम् र मितव्ययी उपयोग गर्दै तोकिएका कामहरू प्रभावकारी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उनका अनुसार परराष्ट्र मन्त्रालयले चालु आर्थिक वर्षमा निर्धारण गरिएका द्विपक्षीय तथा बहुपक्षीय बैठक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनसँग सम्बन्धित भ्रमण र भेटघाटका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ।

मन्त्री खनालले भनेका छन्, ‘नयाँ सरकार बनेपछि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दै भारत र चीनको भ्रमण, समकक्षीहरूसँगको टेलिफोन वार्ता तथा अन्य कूटनीतिक गतिविधिहरूबाट राष्ट्रिय हित प्रवद्र्धनमा योगदान पुगेको छ।’

उनले नयाँ सरकारले कूटनीतिक गतिविधिलाई थप तीव्रता दिएको उल्लेख गर्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय सहकार्य र सम्बन्ध विस्तारलाई निरन्तरता दिइने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ