arrow

कुमारी बैङ्कले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ मा प्लेटिनम विजेता, अन्तर्राष्ट्रिय मान्यता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
kumari-bank-infosys-financial-award-june-2026.jpg

काठमाडौं । कुमारी बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत व्यावसायिक मोडल नवप्रवर्तन (बिजनेस मोडल इनोभेसन) तर्फ उच्च तहको प्लेटिनम पुरस्कार विजेता भएको छ। बैङ्कले सञ्चालन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाइसी वर्कफोल्लो कम्पलाईन्स) सम्बन्धी उल्लेखनीय कदमको लागि उक्त सम्मान प्रदान गरिएको हो।

इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष आयोजना गरिने यो पुरस्कार कार्यक्रम विश्वभरका बैङ्क तथा वित्तीय संस्थाहरूको उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको सम्मान गर्न सञ्चालन हुँदै आएको छ।

यस वर्षको कार्यक्रममा ५०० भन्दा बढी आवेदन परेका थिए, जसमध्ये कुमारी बैङ्कले आफ्नो सेवा कार्यान्वयन अनुपालन प्रक्रियामार्फत उत्कृष्ट प्रस्तुति गर्दै प्लेटिनम पुरस्कार प्राप्त गरेको हो। उक्त प्रक्रियाले ग्राहक पहिचान प्रक्रियालाई छिटो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको कडाइका साथ अनुपालन गर्न सहयोग पुर्‍याएको छ। साथै, डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा कार्यान्वयनलाई थप विश्वसनीय र ग्राहकमैत्री बनाउन योगदान पुर्‍याएको बैङ्कले जनाएको छ।

यो अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैङ्कले नवप्रवर्तनमार्फत सुरक्षित, भरपर्दो र ग्राहक केन्द्रित बैङ्किङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत बनाएको छ। बैङ्कले आगामी दिनहरूमा डिजिटल समाधान विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वव्यापी र उत्कृष्ट बैङ्किङ अनुभव प्रदान गर्न निरन्तर प्रयास गर्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ