‘भिसा नेतृत्व सम्मेलन’ मा कुमारी बैङ्क दुई प्रतिष्ठित विधाबाट सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
700
Shares
काठमाडौँ। भिसा अन्तर्राष्ट्रियद्वारा आयोजित ‘भिसा नेतृत्व सम्मेलन नेपाल २०२५’ मा कुमारी बैङ्क लिमिटेड दुई महत्त्वपूर्ण विधामा सम्मानित भएको छ। आज सम्पन्न उक्त कार्यक्रममा बैङ्कलाई ‘सीमा पार व्यापारमा उत्कृष्टता’ तथा ‘उपभोक्ता क्रेडिट कार्ड व्यवसाय (प्रमुख ग्राहक) मा उत्कृष्टता’ सम्बन्धी अवार्ड प्रदान गरिएको हो।
यो सम्मान कुमारी बैङ्कले अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यवसायमा प्रदर्शन गरेको उच्चस्तरीय सेवा र उत्कृष्टताको कदर स्वरूप प्रदान गरिएको हो। स्थापनाकालदेखि नै आधुनिक विद्युतीय प्रणालीमार्फत गुणस्तरीय बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको यस बैङ्कले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ। बैङ्कले आगामी दिनहरूमा पनि सेवाको प्रभावकारिता र पहुँच विस्तार गर्न आफ्नो विद्युतीय (डिजिटल) पूर्वाधारलाई थप सुदृढ र सबल बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
विगत २४ वर्षदेखि अनवरत रूपमा बैङ्किङ सेवा प्रवाह गर्दै आएको कुमारी बैङ्कले आफ्ना देशभर फैलिएका ३०२ शाखा सञ्जाल, ३१७ स्वचालित गणक मेसिन (एटिएम), ५० विस्तारित काउन्टर (एक्सटेन्सन काउन्टर) तथा ४८ शाखारहित बैङ्किङ इकाईहरू मार्फत ग्राहकलाई अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गरिरहेको छ। बैङ्कले भविष्यमा आफ्ना सेवाहरूलाई अझ सरल, सुलभ र उत्कृष्ट बनाउन थप सहकार्य गर्दै जाने समेत जनाएको छ।