arrow

देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, तराईमा तातो दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। यसका कारण देशको मौसममा आंशिक परिवर्तन आई केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागका साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

वर्षा र हिमपातको सम्भावना हेर्दा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपात हुन सक्नेछ।

यसैगरी कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा भने आज तातो दिन हुने सम्भावना छ।

रातिको समयमा देशको हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। त्यस्तै बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ। कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानहरूमा भने राति पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ