साँझ ५ बजे आर्थिक मामिला मन्त्री कार्कीले प्रस्तुत गर्ने
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
350
Shares
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज सोमबार आफ्नो नयाँ बजेट सार्वजनिक गर्दैछ। प्रदेश सभा सचिवालयका अनुसार आज साँझ ५ः०० बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षको बजेटको आकार चालु वर्षको तुलनामा कस्तो हुने भन्ने कुरा साँझको भाषणबाटै प्रष्ट हुनेछ।
प्रदेश सरकारका अनुसार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरू मुख्य रूपमा ‘समृद्ध लुम्बिनीः सुखी नागरिक’ को दीर्घकालीन प्रादेशिक सोचमा आधारित हुनेछन्। यसका साथै प्रदेशको दोस्रो आवधिक योजना र संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्य (SDGs) लाई मुख्य आधार बनाएर बजेटको प्राथमिकता र स्रोत विनियोजन तर्जुमा गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ