सर्लाही। सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आइतबार उपचारका क्रममा मृत्यु भएको छ ।
शनिबार बरहथवा नगरपालिका-१६, का खैरु पण्डितले चलाएको बयलगाडाले स्थानीय कृष्ण कुम्हालका नौ वर्षीय छोरा सुभास कुम्हाल घाइते भएका थिए।
त्यसबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारको लागि बरहथवास्थित नगर अस्पताल पुर्याएको थियो ।
त्यहाँबाट थप उपचारका लागि वीरगञ्ज न्यूरो अस्पताल पुर्याएकामा बालकको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।