arrow

रास्वपाको जिल्ला अधिवेशन आज थप २९ जिल्लामा हुँदै, ६७ जिल्लामा नेतृत्व टुङ्ग्याउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशन दोस्रो दिन आज (आइतबार) पनि जारी रहने भएको छ। 

आज एकै पटक देशका विभिन्न २९ वटा जिल्लामा अधिवेशन हुन लागेको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

महामन्त्री बुर्लाकोटीका अनुसार आज सातै प्रदेशका विभिन्न जिल्लाहरूमा प्रादेशिक संरचना अनुसार अधिवेशनको कार्यतालिका तय गरिएको छ। 

जसअन्तर्गत कोशी प्रदेशका ४ जिल्ला, मधेस प्रदेशका ४ जिल्ला, बागमती प्रदेशका २ जिल्ला, गण्डकी प्रदेशका ४ जिल्ला, लुम्बिनी प्रदेशका ३ जिल्ला, कर्णाली प्रदेशका ६ जिल्ला र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा आज नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुँदै छ।

यसअघि शनिबार (हिजो) मात्रै रास्वपाले देशका विभिन्न ३६ वटा जिल्लाहरूमा पहिलो चरणको अधिवेशन भव्य रूपमा सम्पन्न गरिसकेको छ।

पार्टीको विशेष साङ्गठनिक परिस्थितिका कारण मधेस प्रदेशको बारा जिल्लाको अधिवेशन भने भोलि अर्थात् जेठ २६ गतेका लागि सारिएको छ।

रास्वपाले आफ्नो आगामी प्रथम राष्ट्रिय महाधिवेशन अगावै देशका कुल ७७ जिल्लामध्ये ६७ वटा जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने लक्ष्य र रणनीति लिएको छ।

 आजको अधिवेशनसँगै पार्टीको मुख्य साङ्गठनिक आधार र प्रभाव रहेका अधिकांश जिल्लाहरूको अधिवेशन टुङ्गिनेछ। भूगोल र संगठनका हिसाबले बाँकी रहेका अन्य १० वटा जिल्लाको अधिवेशन भने पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि मात्रै गरिने रास्वपाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ