काठमाडौं । सप्तरीमा सोमबार भएको हिंशात्मक झडपलाई लिएर संयुक्त मधेशी मोर्चाले अनिश्चितकालीन सप्तरी बन्दको आह्वान गरेको छ । मंगलबार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
मोर्चाले एमालेको कारणले सप्तरी घटना घटेको आरोप लगाउँदै एमाले समर्थकहरुलाईलाई सप्तरीमा सामूहिक बहिस्कार गर्ने निर्णय पनि गरेको छ । मोर्चाले मंगलबार जारी गरेको विज्ञप्ती तल प्रस्तुत गरिएको छ ।